समाचार

सप्तरीमा मृत्यु भएका एक जनामा कोरोना संक्रमण पुष्टि

Banner

जनकपुरधाम, भदौ ४–

सप्तरीमा मृत्यु पछि थप एकजनामा कोरोना संक्रमणबाट पुष्टि भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय युवकमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए ।

चार–पाँच दिन देखि रुघा खोकी, दम लगायतको समस्या देखिएपछि मंगलबार उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालको ओपिडिमा लगिएको थियो ।

केही समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन पनि लगाएको तर त्यहाँ उपचार सम्भव नभएपछि बिपि कोइराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गर्दा त्यहाँ नै ती व्यक्तिको मृत्यु भएको प्रमुख यादवले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>