चितवन विशेष

चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मीलाई खुशीको खबर ! कोरोनाको उपचारमा खटिनेलाई दैनिक भत्ता

Banner

चितवन, भदौं ४–

सरकारले निजी अस्पतालहरुलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीलाई उपचार गनुपर्ने निर्देशन दिएको छ । छुट्टै बेड छुट्याएर उपचार गर्न निर्देशन दिए लगत्तै चितवन मेडिकल कलेज (सिएमसी) पनि संक्रमितको उपचार थालेको छ ।

सरकारले सुरुमै कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर सो नियम सरकारी अस्पतालमा कार्यररत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि मात्रै थियो । अहिले निजी अस्पतालहरुले पनि संक्रमितका उपचार गर्न थालेपछि निजीमा कोरोनाको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रोत्साहन भत्ता पाउने कि नपाउने भन्ने स्वास्थ्यकर्मीमो जिज्ञासा पैदा भएको छ । यही जिज्ञासाका बीच चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि खुशी खबर मिलेको छ । सिएमसीले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई दैनिक प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरेको छ ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै विभिन्न वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै भत्ता रकम उपलब्ध गराउने घोषणा गरेको हो । सिएमसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रो.डा.हरिशचन्द्र न्यौपानेले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । उनले अग्रपंक्तिमा रहेर कोरोनाको उपचारमा खटिने कर्मचारीका लागि विभिन्न वार्ड अनुरुप भत्ताको व्यवस्था गरिएको जानकारी दिए ।

सिएमसीले कोरोना शंकास्पद बिरामीलाई राख्न बनाईएको वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रतिदिन रु.५००, कोरोना वार्डमा कार्यरतका लागि प्रतिदिन रु.७५० र कोरोना आइसीयूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रतिदिन रु.१००० प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । यस प्रोत्साहन भत्ता भदौं १ गतेदेखि नै लागू गरिएको अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.न्यौपानेले बताए ।

हाल चितवन मेडिकल कलेजमा चार जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ । उनीहरुलाई अस्पतालको बेग्लै ठाउँमा वार्ड बनाएर उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>