चितवन विशेष

मास्क नलगाउने २१० जनालाई चितवन प्रहरीले गर्‍यो कारवाही

Banner

चितवन, भदौं ३–

चितवनमा मास्क नलगाउने र सवारी साधनमा सामाजिक दुरी कायम नगर्नेलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानबाट आज (बुधबार) अपरान्ह ५ बजेसम्ममा २१० जनालाई कारवाही गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्ने २४ महिला र १७१ जना पुरुष गरी १९५ जनालाई कारवाही गरेको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरबाट १४, वडा प्रहरी कार्यालय नारायणगढबाट ३०, इलाका प्रहरी कार्यालय खैरहनीबाट ३९, इलाका प्रहरी कार्यालय चनौलीबाट ३, इलाका प्रहरी कार्यालय भण्डाराबाट ५, इलाका प्रहरी कार्यालय दिव्यनगरबाट ७, गोन्द्राङबाट १७, इलाका प्रहरी कार्यालय मुग्लिनबाट ५, रामनगरबाट १५, इलाका प्रहरी कार्यालय टाँडीबाट ४२ र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट १८ जनालाई कारवाही गरिएको प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए । प्रहरीले उनीहरुबाट कारवाही स्वरुप ३२ हजार ९ सय रुपैयाँ जरिवाना उठाएको छ ।

यस्तै प्रहरीले सवारी साधनमा सामाजिक दुरी कायम नराख्ने १५ जनालाई समेत कारवाही गरेको छ । उनीहरुबाट ७ हजार ५ सय रुपैयाँ जरिवाना उठाएको छ ।

चितवनमा माडी बाहेक सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । तर निषेधाज्ञाका बेलामा पनि विभिन्न काममा भन्दै मानिसहरु सडकमा हिड्दै गरेको देखिन्छ । मानिसहरुको हिँडडुल नरोकिएपछि प्रहरीले चेकजाँचलाई कडाई पारेको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>