चितवन विशेष

माडीमा आज अपरान्हदेखि पूर्णरुपमा बजार बन्द, अनावश्यक हिँडडुलमा रोक

Banner

चितवन, भदौं ३–

कोरोनाको जोखिम बढ्दै गएपछि माडी नगरपालिकाले आन्तरिक रुपमै लकडाउन गरेको छ । आज (बुधबार) अपरान्ह ४ बजेदेखि लागू हुने गरि सम्पूर्ण उद्योग तथा व्यापार व्यवसाय पूर्ण रुपमा बन्द गराएको छ ।

माडी नगरस्तरिय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले एक सूचना जारी गर्दै कोरोना संक्रमण रोकथामका लागि बजार पूर्ण रुपमा बन्द गराएको छ भने अनावश्यक डिडुलमा पनि प्रतिवन्ध लगाएको छ ।

विशेषगरि तीजको समय भएकाले मानिसहरुको चहलपहल हुन सक्ने भन्दै नगरपालिकाले भोलि (बिहीबार) र पर्सी ५ गते अनावश्यक हिडडुल नगर्न नगरपालिकाले आग्रह गरेको छ । औषधि तथा दुग्धजन्य पसल बाहेक दैनिक उपभोग्य सामानको लागि विहान ५ बजेदेखि ८ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरिएको नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए ।

नगरपालिकाले हरितालिका तीज पर्वको अवसरमा एकाघरको परिवार बाहेक दर खाने, नाचगान गर्ने, सामूहिक भेटघाट, पूजाआजा पूर्णरुपमा बन्द गर्न अनुरोध गरेको छ । नगरपालिकाले अत्यावश्यकीय सवारी साधनहरु बाहेक अन्य सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाएको छ ।

नियम उल्लंघन गरिए स्थानीय प्रशासन र प्रहरीबाट तत्काल कारवाही गरिने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>