समाज

राष्ट्रिय झन्डा जलाउने पक्राउ, ३ वर्ष कैद हुनसक्ने

Banner

काठमाडौं,भदौं २-

‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । मंगोल हप अफिसियल नामक युटुब च्यानलबाट सोमबार उक्त भिडियो अपलोड गरिएको हो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>