चितवन विशेष

बकुलहर रत्ननगर अस्पताललाई आइसोलेशन अस्पताल बनाइने

Banner

चितवन, साउन ३२–

पूर्वीचितवनको रत्ननगर नगरपालिका–२ मा रहेको बकुलहर रत्ननगर अस्पताललाई आइसोलेशन अस्पताल बनाइने भएको छ ।

पूर्वीचितवनमा दिनदिनै कोरोना संक्रमित फेला पर्न थालेपछि कोरोना संक्रमितलाई उपचार गर्नका लागि सुविधासम्पन्न रहेको बकुलहर रत्ननगर अस्पताललाई आइसोलेशन अस्पताल बनाउने निर्णय भएको हो ।

आज (आइतबार) बसेको पूर्वीचितवनका चार नगरपालिकाका प्रमुखहरुको संयुक्त बैठकले सो निर्णय गरेको रत्ननगर नगरपालिका प्रमुख नारायण वनले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘पूर्वीचितवनमा सुविधासम्पन्न अस्पतालको रुपमा यही बकुलहर रत्ननगर अस्पताल हो, तत्काललाई ३० बेडको आइसोलेशन कक्ष बनाउने छौं ।’ उनले सो अस्पतालको हाल आकस्मिक कक्ष बाहेक सबै बन्दै रहेकाले पनि आइसोलेशन अस्पतालको रुपमा बनाएर अघि बढ्ने निर्णय भएको बताए ।

रत्ननगरमै रहेको गुञ्जमान सिंह हस्पिटलनमा पनि कोरोना संक्रमितको उपचार गर्न सकिने भएपनि संक्रमितको संख्या बढ्दै जान सक्ने भएकाले बकुलहर रत्ननगर अस्पताललाई आइसोलेशन अस्पताल बनाउन लागिएको नगर प्रमुख वनको भनाइ छ । आइसोलेशन अस्पतालको व्यवस्थापनका लागि बागमती प्रदेश सरकारसंग सहयोग माग गर्ने निर्णय समेत गरिएको वनले बताए । यस्तै बैठकले पूर्वीचितवनका बासिन्दाको छुट्टै पीसीआर परीक्षणका लागि रत्ननगरमै प्रयोगशाला स्थापना र जनशक्ति व्यवस्थपन गर्नका लागि प्रदेश सरकार समक्ष माग गरेको छ ।

यस्तै बैठकले राप्ती नगरपालिका अन्तरगतको सशस्त्र प्रहरी बल गढीमाई गण ३ नम्बर बाहिनी बागमती प्रदेशलाई आइसोलेशन वार्ड तयार पार्नका लागि प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>