चितवन विशेष

भरतपुरमा कोरोना संक्रमित चिकित्सकमाथि दुव्यर्वहार भएको भन्दै रत्ननगर अस्पतालको आपत्ति

Banner

चितवन, साउन ३१ –

रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगाले माथि भरतपुरमा दुव्र्यवहार भएको भन्दै अस्पतालले घटनाको खेद व्यक्त गरेको छ ।

अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिका–४ स्थित आफ्नै निवासमा कोरोना संक्रमित भएर सिलको अवस्थामा बसेका डा बगाले र उनकी श्रीमतीलाई अमानविय व्यवहार भएकोमा आपत्ति जनाएको हो ।

विज्ञप्तिमा स्थानीय सचेत एवम् जिम्मेवार सामाजिक अगुवाहरुबाट डाक्टर बगालेको निवासमा आपत्तिजनक सूचना टाँसेर आत्मसम्मानमा ठेस पु¥याएको उल्लेख छ । विज्ञप्तिमा यस्ता निन्दनीय कार्यमा संलग्नहरुले यस्ता काम नदोहो¥याई संक्रमितको उपचारमा खटिएका चिकित्सकहरुलाई प्रोत्साहन गरिदिन आव्हान गरेको छ । अस्पतालले स्वास्थ्यकर्मी आफैँ कोरोनाको शिकार भएर पनि डटेर बिरामीको हेरचाह गरिरहनु निकै प्रशंसीय कार्य भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>