चितवन विशेष

नेकपा चितवनले भन्यो : कोरोना संक्रमित बढेकोले पार्टीका कार्यक्रम रोकौं, सबै घरमा बसौं

Banner

चितवन, साउन ३१

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले पार्टी मातहतका सबै खाले कार्यक्रमहरु, बैठक,भेला रोक्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै पार्टी मातहतका कमिटी तथा संगठनहरुलाई सो निर्देशन दिएको हो ।  विज्ञप्तिमा सरकार तथा स्थानीय पालिकाहरुको निर्देशनलाई पूर्ण पालना गरी सुरक्षितरुपमा घरमै बस्न सम्पूर्ण जिल्लावासीहरुमा अग्रह गरिएको छ । यस अवधिमा कुनै पनि भेला, सभालगायतका कार्यक्रमहरु नगर्न पार्टीका मातहत कमिटी तथा जनवर्गीय संगठनहरुमा समेत विज्ञप्तिमार्फत् निर्देशन गरिएको छ ।

विज्ञप्तिमा यस्तो अवस्थामा भरतपुर महानगरको निर्णयबमोजिम यही साउन ३० गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म लागू हुने गरी तोकिएको अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू बन्द गर्ने गरी जिल्ला प्रशासन कार्यालय चितवनलेनिषेधाज्ञा जारी गरको अवस्था भएकोले सरकारको निर्देशनबमोजिम कुनै पनि भेला, सभा सम्मेलन तथा भीडभाड नगर्न र अत्यावश्यक कामबाहेक अन्य अवस्थामा घरबाट बाहिर ननिस्कन नगर तथा गाउँपालिकावासिहरुलाई आह्वान गरिएको छ ।

पार्टीले चितवन जिल्लामा समेत कोरोना भाइरस कोभिड १९ फैलिँदै गएको र दिनहँु सक्रमितको संख्या बढ्दै गएको विज्ञप्तिमा उल्लेख गरेको छ । यो भाइरसबाट सुरक्षित रहन कुनै पनि भेला, सभा सम्मेलन नगर्न, भीडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, बाहिर निस्कनुपर्ने अवस्थामा अनिवार्यरुपमा मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न पार्टीले निर्देशन पनि दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>