Breaking News
चितवनमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, साउन ३०–
चितवनमा आज (शुक्रबार) राति थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–११ का ३२ वर्षीया महिला र श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत रत्ननगर नगरपालिका–९ का ६१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन । १४७ नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको हो ।
यसअघि आजै दिउँसो वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत चार जनासहित ६ जनामा संक्रमण पुष्टि भएको थियो । योसंगै आज संक्रमण पुष्टि हुनेको संख्या ८ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























