Breaking News

पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना पुष्टि, ६७ जना डिस्चार्ज

Banner

काठमाडौं, साउन २८

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ४८४ जनामा कोरोना भाइरस पुष्टि भएको बताए।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ७२८ पुगेको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परषिण गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>