Breaking News

चितवनका अस्पतालहरुमा कोरोनाको डरः मौलाकालिका अस्पतालदेखि नेशनल सिटीसम्म फैलियो संक्रमण

Banner

चितवन, साउन २८–

पछिल्ला केहीदिन यता चितवनका अस्पतालहरुबाट धमाधम कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिन थालेका छन् । उपचारका लागि विभिन्न ठाउँबाट आएका बिरामीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।

मंगलबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरमा रहेको मौलाकालिका अस्पताल र नेशनल सिटी हस्पिटलमा उपचाररत बिरामीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा चितवनकै बिरामीमा संक्रमण देखिएको छ । इच्छाकामना गाउँपालिका वडा नं.५ की ७८ वर्षीया वृद्धामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै नेशनल सिटी हस्पिटलमा उपचाररत भरतपुरकै एक व्यक्तिमा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

मंगलबारको परीक्षणमा भरतपुरका अन्य अस्पतालमा उपचाररत बिरामीमा पनि संक्रमण पुष्टि भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालबाट स्वाब दिएकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब दिएका एक जना भरतपुरका र एक जना बैतडीका बिरामीमा संक्रमण पुष्टि भएको छ भने पुरानो मेडिकल कलेजबाट स्वाब दिएका एक जना भरतपुर र अर्का एक जना रौतहटका व्यक्तिमा संक्रमण पुष्टि भएको छ । त्यस्तै भरतपुर अस्पतालबाट स्वाब दिएका बाराका एक पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>