अर्थ

घट्न थाल्यो सुन, ८०० घटेर मंगलबार प्रतितोला १ लाख १ हजार ६००

Banner

काठमाडौं, साउन २७-

मंगलबार सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ । मंगलबार सुनको मुल्य तोलामा ८ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रति तोला एक लाख एक हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि सोमबार सुन प्रतितोला एक लाख २ हजार ४ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रति तोला एक लाख एक हजार एक सयमा कारोबार भइरहेको छ ।

त्यस्तै मंगलबार चाँदीको मुल्य भने बढेको छ ।

महासंघका अनुसार मंगलबार चाँदी प्रतितोला ४० रुपैयाँले बढेर १ हजार ४३५ मा कारोबार भइरहेको छ । सोमबार चाँदीको मुल्य एक हजार ३९५ प्रति तोला रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लागिरहेको देखिएको छ। मंगलबार बिहान सुन प्रतिऔंस २०१७.२७ डलरमा कारोबार भएको छ भने चाँदीको मूल्य बढेर प्रतिऔंस २८.८५ डलरमा कारोबार भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>