समाचार

गोंगबु हत्या आरोपीको बयान– ‘नशालु चक्की खुवाएर, मैले एक्लै मारेकी हुँ’

Banner

काठमाडौं साउन २७-

गोंगबुमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ ।

पक्राउ परेकी कल्पना शाहीले प्रारम्भिक सोधपुछमा आफूले एक्लै हत्या गरेको बयान दिएकी छिन्।

आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कल्पनालाई सोमबार चितवनबाट पक्राउ गरिएको थियो। उनकी १५ वर्षीया छोरीलाई पनि प्रहरीले काठमाडौँ ल्याएको छ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् ।

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।

मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

मंगलबार बिहान काठमाडौं ल्याएपछि शाही आफैले हत्या भएको स्थानमा पुर्‍याएको प्रहरीले जनाएको छ। शाहीले अण्डकोषमा हम्मरले प्रहार गरि हत्या गरेको र पछि शव व्यवस्थापन गर्न टाउको र खुट्टा काटिएको बताएकी छिन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>