अन्तर्राष्ट्रिय
ह्वाइट हाउस बाहिर गोली चल्यो
०

अमेरिका, साउन २७–
अमेरिकाको ह्वाइट हाउस बाहिर गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर गोली चलेको जानकारी दिएका छन् ।
पत्रकार भेटघाटकै क्रममा गोली चलेपछि उनी पत्रकार भेटघाट छाडेर भित्र गएका थिए । करिब नौ मिनेटपछि राष्ट्रपति ट्रम्प भित्रबाट बाहिर आएर पत्रकारहरुसँग ह्वाइट हाउस बाहिर गोली चलेको जानकारी दिएका हुन् ।
उनका सुरक्षाकर्मीले कानेखुशी गरेपछि उनी तत्कालै पत्रकार भेटघाट छाडेर भित्र पसेका थिए । ट्रम्पले अमेरिकी सेक्रेट सर्भिसका व्यक्तिले एक हतियारधारी संदिग्ध व्यक्तिमाथि गोली चलाएको बताए । ट्रम्पका अनुसार ह्वाइट हाउस बाहिर फेन्सिङ्ग भएको स्थानमा गोली चलेको थियो ।
Photo: Sky News
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























