समाचार

गोंगबुमा विभत्स अवस्थामा फेला पारिएको शवको पहिचान खुल्यो

Banner

काठमाडौं, साउन २६-

काठमाडौंको टोखा नगरपालिका–१० स्थित गोंगबु गणेशस्थानमा विभत्स अवस्थामा फेला पारिएको शव दाङका कृष्णबहादुर बोहराको भएको खुलेको छ ।

मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

मृतकको सनाखत भएसँगै काठमाडौं प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोली अहिले गोंगबु पुगेको छ ।

आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>