अर्थ

जीवन बीमामा चितवनका युवा अभिकर्ता थापाको छलाङः लगातार चारबर्ष उत्कृष्ट

Banner

चितवन,साउन २६-

नेपालको जीवन बीमा क्षेत्रमा प्रिमियम संकलकको रुपमा चितवनका ३० बर्षिय युवा सुदिप थापाले छलाङ मारेका छन् । नेपालभर जीवन बीमा क्षेत्रमा सचेतना र बिमा गर्नेको संख्या तिब्र बढिरहेका बेला उनी उत्कृष्ट अभिकर्ता बन्दै प्रिमीयम संकलनमा छलाङ मार्न सफल भएका हुन् ।

नेपालको अग्रणी जीवन बिमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्समा एजेन्सी तर्फ बरिष्ठ एजेन्सी मेनेजरका रुपमा कार्यरत थापाले गत आर्थिक बर्षमा मात्रै ४० करोड बिमाङ्क बराबर ३ करोड लगभग पहिलो प्रिमीयम संकलन गरेका हुन । उनि निरन्तर ४ बर्षबाट चितवन सहित पश्चिमान्चल क्षेत्रकै प्रथम स्थान हासिल गर्दै उत्कृष्ट अभिकर्ताको रुपमा आएका छन् भने नेपाल भर उत्कृष्ट सम्मानित स्थान हासील गरेका छन् ।

कडा मिहिनेत र परिश्रमले नै यो सफलता हासिल भएको र यसले अझ मिहिनेत गर्न हौसला दिएको उनले बताए । ‘कम्पनीको कयौं शाखाहरु छन र सयौं बीमा एजेन्टहरु छन्, उनीहरुलाई जित्नु निकै कठिन र महत्वपूर्ण हो,’ उनले भने । नेपालमा थोरै मानिसहरुले मात्र हाल जीवन बीमा गरिरहेको हुँदा यसको सम्भावना अझै रहेको उनि बताउँछन् ।

थापाले अभिकर्ताहरुको अन्तराष्ट्रिय मान्यता प्राप्त ठुलो संस्था एमडिआरटी अन्तर्गत सर्वोउत्कृष्ट स्थानको सदस्य TOT ( Top of the Table ) बन्न सफल भएको नारायणगढ शाखा प्रमुख अनन्त अधिकारीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>