Breaking News

लकडाउन र कोरोनाको कारणले चितवनमा राजस्व संकलन तीन अर्बले घट्यो

Banner

मधुसूदन दवाडी

चितवन, साउन २५-

कोरोनाको कारणले चितवनमा राजस्व संकलनमा भारी गिरावट आएको छ ।

सरकारले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि करको दायरामा आउनेको संख्या बढे पनि यस वर्ष भने लकडाउन र कोरोना महामारीको कारणले राजस्व संकलन घटन् गएको हो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी कपिलराज नेपालले लकडाउन र कोरोनाको कारणले राजस्व संकलनमा कमी आएको नारायणी अनलाइनलाई बताउनुभयो । त्यसैगरी आन्तरिक राजस्व कार्यालयले मुल्य अभिवृद्धिकर, आयकर, बहालकर, व्याजकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा कर गरेर जम्मा २४ अर्ब ३७ करोड, ८० लाख १६ हजार रुपैयाँ गत आर्थिक वर्षको असार मसान्तसम्म संकलन गरेको छ । आर्थिक वष २०७५\७६ मा कार्यालयले २७ अर्ब ९५ करोड, ९१ लाख ६३ हजार रुपैयाँ संकलन गरेको थियो । यस वर्ष कार्यालयले तीन अर्ब बढी कम असुल गरेको हो । आर्थिक वर्ष २०७६\७७ को असुली ५६ प्रतिशत बढी हुन आउँछ । कर कार्यालयको आर्थिक वर्ष २०७६\७७ को वार्षिक लक्ष्य भने ४३ अर्ब ३८ करोड ७७ लाख रुपैयाँ असुल गर्ने रहेको थियो ।

आन्तरिक राजस्व कार्यालय भरतपुरका अनुसार असारसम्म कार्यालयले आयकरतर्फ दुई अर्ब १९ करोड ३१ लाख ६१ हजार रुपैयाँ असुलेको छ । त्यस्तै आयकर, बहालकर, व्याजकर गरेर जम्मा असार मसान्तसम्ममा २ अर्ब ४० करोड २० लाख ६ हजार रुपैयाँ असुलेको छ । जसको वार्षिक लक्ष्य तीन अर्ब ३३ करोड ९७ लाख ५० हजार रहेको थियो । लक्ष्यको तुलनामा यसको असुली प्रतिशत ७१ दशमलव ८६ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालयका अनुसार करमा दर्ता हुने व्यक्ति वा कम्पनीहरुको संख्या भने चितवनमा हरेक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७५\७६ मा निजी कम्पनी ८१५ वटा दर्ता भएका थिए तर यस वर्ष यो संख्या एक हजार ४५ वटा पुगेका छन् । साझेदारी फार्म गत वर्ष १८४ वटा रहेकोमा यस वर्ष २०५ पुगेका छन् । त्यस्तै परोपकारी संस्था १० वटा, अन्य ३१६, गैरसरकारी संस्था ६ वटा, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एउटा सहकारी २४ वटा करको दायरामा आएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा धेरै हो । चितवनमा व्यक्तिगत प्यान लिने व्यक्तिहरुको संख्या भने ३३ हजार ६५१ जना रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>