चितवन विशेष

चितवनमा तीन प्रहरी र एक थुनुवामा कोरोना संक्रमण

Banner

चितवन, साउन २४–

चितवनमा तीन जना प्रहरी र एक जना थुनुवामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय भरतपुरमा कार्यररत दुई जना प्रहरी र एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाब तिवारीले जानकारी दिए ।

उनका अनुसार शसस्त्र प्रहरी बल आँपटारीमा कार्यरत एक शसस्त्र जवानमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुर्खेत घर भएका २२ वर्षीय शसस्त्र जवान घरबाट आएर शसस्त्र प्रहरीकै क्वारेन्टिनमा बसेका थिए । चितवनमा शनिबार कुल ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>