Breaking News
आज थप ३७८ जना कोरोना संक्रमित
०

काठमाडौँ, साउन २४-
देशभर आज कोरोनाबाट ३७८ जना संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङमा शनिबार सो जानकारी गराउनु भएको हो । विगत २४ घण्टामा जनामा सात हजार सात सय ८८ जनामा गरिएको पिसीआर परीक्षणका क्रममा उक्त संख्यामा संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिन्ुभयो ।
अब नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेको छ। क्वारेन्टिनमा दश हजार ७९२ जना छन्। विगत २४ घण्टामा चार सय ९९ जना कोरोना निको भएर घर फर्किएको डाक्टर गौतमले जानकारी दिनु भयो। अहिलेसम्म कोरोना निको भएर १६ हजार तीन सय १३ जना घर फर्किसकेका छन्।
कोरोनाबाट नेपालमा अहिलेसम्म ७० जनाको मृत्यु भइसकेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















