प्रवास
वरिष्ठ लोकगायक प्रेमराजा महत दम्पती कोरोना संक्रमित

विजय थापा
अमेकिा, डिसी, साउन २४-
वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड र पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महावाणिज्यदूत प्रेमराजा महत तथा उहाँकी जीवन संगीनी (धर्मपत्नी )कविता केसी महत दुवै कोरोनाबाट संक्रमित हुनु भएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहँदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित हुनु भएको हो । वरिष्ठ लोकगायक महतले अगस्त ७ शुक्रबार दिउँसो करिब ३ बजे तिर सामाजिक सञ्जाल (फेसबुक) मार्फत् आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गर्नु भएको छ ।
अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिँदै आउनु भएका महत आफै संक्रमित हुनु भएको छ । कोरोनाको महामारीमा पूर्ण सतर्कता, सावधानी,सामाजिक दूरी र सुरक्षाका सबै उपायहरु अपनाउँदा अपनाउँदै पनि दम्पति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ । सबैका साझा र मिलनसार व्यक्तित्वका धनी महतले सामाजिक सञ्जालमा नेपाली समुदायलाई यदी हामीले समयमै सतर्कता अपनाएनांै भने विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनि अपिल गर्नु भएको छ ।
उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बच्न सकेनांै भन्नु भएको छ । महावाणिज्यदूत महतले हाल आफ्नै घरको एक एक कोठामा आइसोलेसन(एकान्तबास) बसेको जनाउनु भएको छ । वहाँका सुपुत्र डा. सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं भनि सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ ।
वरिष्ठ कलाकार तथा समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सुसुचित हुने मौका दिनु हुनेछ भन्नु हुदै सबैमा अनुरोध गर्नु भएको छ ।
साथै उनले इमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठन प्रति नै सहयोग पुग्न जानेछ भनी जनचेतनाको लागि आव्हान गर्नु भएको छ ।
























