Breaking News

काठमाडौंमा आफ्नै परिवारमा ‘थिनर’ प्रहार, आमा र छोरी घाइते

Banner

काठमाडौं, साउन २३–

काठमाडौंको बौद्धस्थित चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै परिवारमाथि ‘थिनर’ प्रहार गरेका छन् ।

घरायसी विवादमा गएराति विष्ट थरका व्यक्तिले थिनर प्रहार गरेका हुन् । थिनरबाट श्रीमती र छोरी घाइते भएका छन् । थिनर प्रहार गर्ने हेटौंडा निवासी विष्टलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

थिनर प्रहारबाट घाइते भएकी छोरीको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । आँखामा थिनर परेकाले उनको आँखा हस्पिटलमा उपचार भइरहेको हो । आमाको अवस्था भने सामान्य छ ।

थिनर एक प्रकारको केमिकल हो । यसको उपयोग काठमा वा घरमा लगाउने रंगलाई पातलो बनाउन वा कुनै दागलाई हटाउन प्रयोग गरिन्छ ।

चुच्चेपाटीमा एसिड आक्रमण भएको हल्ला चले पनि एसिड नभई थिनर आक्रमण भएको पाइएको काठमाडौं प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>