चितवन विशेष

चितवनकी रावल राष्ट्रिय सरोकार समितिको सभापतिमा पुनः निर्विरोध चयन

०
Banner

चितवन, साउन २२–

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा पुनः दिलकुमारी रावल थापा (पार्वती) निर्विरोध चयन हुनु भएको छ । राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यअवधि पूरा भएका कारण समितिहरुको पुनर्गठन गरिएको थियो । सदस्यहरुको मनोनयनपछि सभापति चयनका लागि प्रारम्भ चुनावी प्रक्रियामा रावल सभापति पदमा निर्विरोध चयन हुनु भएको हो । रावलसंगै चार वटा समिति सभापतिमा पुरानै व्यक्ति दोहोरिएका छन् ।

रावलको उम्मेद्वारी दर्ताको प्रस्तावकमा खिमलाल भट्टराई र समर्थकमा अनिता देवकोटा रहनु भएको थियो । सभापति पदमा कसैको पनि उम्मेद्वारी नपरेपछि रावल निर्विरोध निर्वाचित हुनु भएको हो । सभापति रावल चितवन निवासी हुन् । यसअघिको पहिलो कार्यकालमा सभापति रावलले कुशलता पूर्वका आफ्नो भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले विभिन्न क्षेत्रको अनुगमन गर्दै कामलाई अगाडि बढाउन कडा निर्देशन दिँदै सफलतापूर्वक आयोजनाहरु सम्पन्न गराउनु भएको थियो ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले समिति सभापतिको निर्वाचनका लागि नाम प्रस्ताव गर्न तोकिएको समयभित्र साविककै सभापतिहरुको नामको प्रस्ताव आएको जानकारी दिनुभयो । उहाँले सबै उम्मेद्वार निर्विरोध भएपछि त्यसको औपचारिक घोषणा समिति बैठकबाटै हुने जानकारी दिनुभयो । चार समितिमध्ये पहिले गरिएकै भागबन्डाअनुसार प्रतिपक्षी कांग्रेसले एउटा समितिको बाँकी तीनको नेतृत्व नेकपाले पाएको छ ।

दीगो विकास तथा सुशासन समिति सभापतिमा कांग्रेस सांसद तारादेवी भट्ट दोहोरिनु भएको छ । विधायन व्यवस्थापनको सभापतिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी दोहोरिनु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>