स्वास्थ्य
आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौँ, साउन २२-
देशका विभिन्न ठाउँमा आज (बिहीबार) थप ३ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नुवाकोटका १, चितवनका १, बाराका १४, मकवानपुरका ४, काभ्रेका ३, गोर्खाका २, कास्कीका १, पर्वतका १, दाङका ३, प्युठानका ५, रुपन्देहीका ४, दैलेखका १, सुर्खेतका १, जुम्लाका १, मुगुका १, बैतडीका १, डोटीका २, अछामका ७, दोलखाका १ र ललितपुरका १० जनामा कोरोना पुष्टि भएकाे हो।
यस्तै झापाका ८, मोरङका २४, सुनसरीका १९, इलामका १५, धनुषाका २४, महोत्तरीका ३, सर्लाहीका २, सिराहाका २, पर्साका ४२, रौतहटका २, रामेछापका १, उदयपुरका १, बाजुराका ३, गोर्खाका ४, काठमाडौँका ७६, कपिलवस्तुका ३२, सर्लाहीका ७, कञ्चनपुरका २, भक्तपुरका १, भोजपुरका २, बझाङका ३ तथा कैलालीका २१ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।






















