Breaking News

नेपाली सेनाका ११ जनासहित वीरगञ्जमा थप ४३ जनामा कोरोना संक्रमण

Banner

वीरगञ्ज, साउन २२–

वीरगञ्जमा प्रत्येक दिन कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको पीसीआर परीक्षणमा ११ जना नेपाली सेनाका जवान र एक चिकित्सकसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये रौतहट मौलापुरका एक जना र बाराको देवतालका एक जना संक्रमित हुन् ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले ६ महिलासहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । ४३ जना संक्रमितमध्ये ५ जनामा ज्वरो र खोकीको लक्षण देखिएका छन् । संक्रमण पुष्टि भएकामध्ये ७ जनाले आफै पैसा तिरेर स्वाब परीक्षण गराएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>