Breaking News

डब्लुएचओ भन्छ – कोरोना भाइरसविरुद्धको खोप पत्ता नलाग्न पनि सक्छ

Banner

काठमाडौं, साउन २०-

कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले बताएका छन् ।

डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पत्रकार सम्मेलनमा भनेका छन्, ‘केही खोपहरु अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा छन् । र आशा छ कि संक्रमणबाट जोगाउने खोप प्राप्त हुनेछ ।’

डब्लुएचओ प्रमुख डा. टेडरोजले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिल गरेका छन् ।

विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ८० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये ६ लाख ८९ हजार भन्दा बढीको ज्यान गएको छ ।

जेनेभामा भएको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘अहिले कुनै पनि सिल्भर बुलेट छैन–र कहिल्यै नहुन पनि सक्छ ।’

उनले अघि भने, ‘तर अहिले नै हामीसँग सिल्भर बुलेट छैन र नहुन पनि सक्छ । अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपलब्ध उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै हो । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टिनमा राखिनुको विकल्प छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>