चितवन विशेष

लकडाउनपछि पूर्णरुपमा खुल्यो सिजी ल्याण्डमार्क, सुरक्षित तवरले सेवा दिँदै

Banner

चितवन, साउन १८–

छोटो समयमै सर्वसाधारणको मन जित्न सफल चितवनको भरतपुरस्थित अत्याधुनिक सपिङ मल सिजी ल्यान्डमार्क पुनः संचालनमा आएको छ । चैत ११ को लकडाउनसँगै पूर्ण रुपमा बन्द भएको मलमा ब्रान्डेड सामानको कारोबार गर्ने व्यवसायीले यसअघि आफ्ना ग्राहकको माग बमोजिम सीमित समय पसल खोलेर सेवा दिँदै आएका थिए ।

अहिले भने सिजी ल्यान्डमार्क पूर्ण रुपमा खुलेको मलका मेनेजर उज्ज्वल केसीले जानकारी दिएका छन् । सिजी ल्यान्डमार्क चितवनमा विश्वविख्यात ब्रान्डका सामान उपलब्ध गराउने एकमात्र अत्याधुनिक सपिङ केन्द्र हो । सञ्चालनमा आएको छोटो समयमै यसले सर्वसाधारणको मन जितेको छ ।

मल व्यवस्थापनले सामाजिक दुरी, माक्स, स्यानिटाइजर, जस्ता सुरक्षा सामग्रीको पर्याप्त व्यवस्था तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण रुपमा पालना गरेर मल पुनः खोलेको जनाएको छ । व्यवसायीले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरे÷नगरेको सुरक्षाकर्मी र सिसी क्यामेरामार्फत निगरानी गरिने केसीको भनाइ छ । मल व्यवस्थापनले सामाजिक दुरीको लागि मार्किङ, स्यानिटाइजर र साबुन पानीको व्यवस्था गर्नुका साथै मलका रेलिङ लगायत छोइने वस्तुहरुलाई नियमित रुपमा निःसंक्रमित गर्ने गरेको केसीले जानकारी दिए ।

‘हामीले ग्राहक महानुभावहरुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएर कारोबार सुरु गरेका छौं,’ केसीले भने, ‘जोकोहीले पनि निर्धक्कसँग मलमा आएर आफ्नो आवश्यकता अनुसार वस्तु र सेवा लिन सक्नुहुन्छ ।’ मलका पसल कवल, फुडकोर्ट, रेस्टुरेन्ट लगायत सरकारले अनुमति दिएका सबै व्यवसाय सञ्चालनमा आएका छन् ।

मुलुकका प्रतिष्ठित व्यवसायी तथा सांसद विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुप अन्तर्गतको उक्त मलले सांसद चौधरीकै निर्देशनमा त्यहाँका व्यवसायीलाई लकडाउन अवधिभरको कवल भाडा छुट दिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>