अर्थ

फेरि बढ्यो सुनको भाउ, तोलाको ९९ हजार ६ सय रूपैयाँ

Banner

काठमाडौं, साउन १८-

सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । सुनको भाउ बढेर आज तोलाको ९९ हजार ६ सय रूपैयाँ पुगेको हो।

आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको भाउ भने दिनदिनै उकालो लागिरहेको छ ।

चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ३० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>