Breaking News

पर्सामा भोलिदेखि जिल्लाभर निषेधाज्ञा घोषणा, नेपाली सेना परिचालन गरिने

Banner

पर्सा, साउन १८–

कोरोना संक्रमणबाट सबैभन्दा धेरैको ज्यान गएपछि पर्सा जिल्लामा भोलि (सोमबार)देखि निषेधाज्ञा जारी गरिएको छ ।

समुदायस्तरमा फैलिएको कोरोनाले मानिसको एकपछि अर्को गर्दै ज्याननै लिन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा नै जारी गरेको हो ।

संक्रमितको व्यवस्थापनमा समस्या भएपछि शनिबार प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन पाइने छैन । शान्ति, सुरक्षा, सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, ड्राईपोर्ट, बैंक (भन्सार, आईसीपी, ड्राइपोर्टमा रहेकामात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग र व्यवसाय बन्द गरिने छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने साधन, अत्यावश्यक मालसामान ढुवानीका साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । छिमेकी देश भारतसँग सिमाना जोडिएका नाकाहरु तथा खुल्ला सिमानाको जुनसुकै स्थानबाट मानिसहरुको आवागमन रोक्ने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको छ ।

कोभिड १९ को संक्रमण रोकथाम एवं नियन्त्रण गर्न तथा जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न धेरै संक्रमण भएका तथा अति जोखिममा रहेका स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अतिरिक्त स्थानीय प्रशास ऐन, २०२८ को दफा ६ को उपदफा २ अनुसार नेपाली सेनासमेत परिचालन गर्ने प्रशासनले जनाएको छ ।

निषेधाज्ञाको पालना नगर्ने काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारवाही गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>