चितवन विशेष
मिर्गौलापीडित सुस्मितालाई आर्थिक सहयोग

चितवन, साउन १७–
मिर्गौलापीडित सुस्मिता ब्लोनलाई नगद ४० हजार सहयोग प्रदान गरिएको छ । मिस एरोमा चितवन र मिष्टर एण्ड मिस चितवन एसइइ व्याच २०२० ले सुस्मिताको उपचारको लागि सो रकम सहयोग गरेको हो ।
पूर्व मिस एरोमा चितवन इशा प्रधानले नेतृत्व गर्दै संकलन गरेको ४० हजार रुपैयाँ सुस्मितालाई सहयोग गरिएको मञ्जरी ग्रुपका अध्यक्ष विशाल एचआलेले बताउनुभयो ।
सन् २०१३ देखि मिस एरोमा चितवनका सहभागिहरुले समेत सुस्मितालाइ सहयोग गरेका थिए । सहयोग रकम हस्तान्तरण गर्दै पूर्व मिस एरोमा चितवन प्रधानले सुस्मितलाई हिम्मत नहार्न हौसला प्रदान गर्नुभएको थियो । आगामी दिनमा समेत आवश्यक परेमा सहयोग गर्ने प्रधानले प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा मञ्जरी ग्रुपका अध्यक्ष आलेले चितवनका सबै इभेण्ट अर्गनाइजरले सुस्मितालाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
मञ्जरी ग्रुपले आयोजना गरेको मिष्टर एण्ड मिस चितवन एसइइका सहभागीहरुले आफैले चटपट बनाएर बेचेका थिए । सो टाक्सबाट संकलन भएको रकम सुस्मितालाई सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा रेडियो चितवनका बजार प्रमुख तिलक थापा मगर, बैंकर निशा प्रधान, इन्जिनियर उत्कर्ष श्रेष्ठ, व्यवसायी मुक्ति घिमिरेलगायतले सुस्मितालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सुस्मिता विगत ७ महिनादेखि मिगौला पिडित हुनुहुन्छ । उहाँको अहिले निःशुल्क डायलाइसिस भइरहेको उहाँको परिवारले बताएको छ । यही कारण सुस्मिताले दुवै आँखा गुमाउनु परेको छ ।
























