स्वास्थ्य
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
०

काठमाडौँ , श्रावण १६,
पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको उनले जानकारी दिए ।
स्रोतका अनुसार वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् । आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















