Breaking News
कुरिनटारमा खसेको पहिरो हटाइयो, दुईतर्फी बाटो सञ्चालनमा
०

चितवन, साउन १५–
पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग दिउँसोदेखि संचालनमा आएको छ ।
आज विहान ८ः५५ बजेको समयमा अविरल वर्षाका कारण कुरिनाटरमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध बनेको थियो ।
एक्साभेटर लगाएर पहिरो हटाएपछि दिउँसो १ बजेदेखि बाटो पूर्ण रुपमा संचालनमा आएको इलाका प्रहरी कार्यालय मुग्निले जानकारी दिएको छ । विहान निरन्तरत पानी परेकोले पहिरो हटाउन समय लागेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























