नवलपरासी

पश्चिम नवलपरासीको विद्युत समस्या समाधान गर्न अध्यक्ष भण्डारीद्धारा उर्जामन्त्रीको ध्यानआर्कषण

Banner

बिकास अधिकारी,

परासी,साउन १४-

उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका अध्यक्ष केशव भण्डारीले आज उर्जा जलस्रोत तथा सिचाँई मन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक संग भेट गरी विद्युत व्यवस्थापनका सम्बन्धमा ध्यानआर्कषण गराउनुभएको छ । आज उर्जा मन्त्री वर्षमान पुन अन्नत र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग संग उहाँहरुकै कार्यकक्षमा भेटगरी विद्युतको क्षमता विस्तार, सवस्टेशन निर्माण, डेडिकेटेड लाईन विस्तार र गण्डक जलविद्युत केन्द्र पुर्ण रुपमा संञ्चालनका लागी ध्यानआर्कषण गराउनुभएको हो ।

पश्चिम नवलपरासीलाई आद्यौगिक हवको रुपमा विकास गर्नका लागी दिर्घकालीन रुपमै उर्जा समस्या समाधान गर्न आग्रह गर्दे अनुरोध पत्र बुझाएको अध्यक्ष भण्डारीले बताउनुभयो । उर्जा समस्या समाधानका लागी भुमहि देखि रामग्राम नगरपालीकाको पचगावा सम्म ३३ केभि सिंगल सर्किट लाईन र रामग्राम १६ हकुईमा सवस्टेशन निर्माण र शान्ती चौर देखि अमहवा सम्म, बनकट्टि देखि बडेरा सम्मको र मंगलनगर देखि सुनवल चोक सम्म ३३ केभि डबल सर्किट लाईन निर्माणका लागी आग्रह गरिएको छ । यसैगरी गण्डक नहरको पुर्नाहामा सवस्टेशन निर्माण गरी पुर्नाह देखि बेलासपुर सम्म ३३ केभि सिंगल सर्किट लाईन निर्माणको लागी पनि दुवै पक्षको ध्यानआर्कषण गराईएको छ ।

यसैगरी यस क्षेत्रमा २४ सै घण्टा संञ्चालन हुने उद्योगलाई मध्यनजर गर्दे डेडिकेटेड लाईनको व्यवस्था गर्न पनि माग गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । एकतर्फ विद्युत खपत नभईरहेको अवस्था र अर्का तर्फ उद्योहरुले प्रर्याप्त विद्युत नपाएको अवस्थालाई मध्यनजर गर्दे तत्कालै डेडिकेटेड लाईनको व्यवस्था गर्न मन्त्री पुन र निर्देशक घिसिङ्ग संग माग गरिएको छ । यस्तै गण्डक जलविद्युत केन्द्र पुर्ण रुपमा संञ्चालनमा ल्याउन पनि अध्यक्ष भण्डारीले माग गर्नुभएको छ । विद्युत प्राधिकरणले रुग्ण आयोजनालाई समेत पुर्नजिवित गराई सम्पन्न गरिरहेको अवस्थामा गण्डक जलविद्युत केन्द्र बाट पनि पुर्ण क्षमतामा विद्युत उत्पादनको वातावरण बनाउनु पर्नेमा ध्यानआर्कषण गराईएको उहाँले बताउनुभयो ।

पश्चिम नवलपरासीको सुर्यपुरामा रहेको गण्डक जलविद्युत केन्द्रका टर्वाईन लगाएत उपकरणले काम नगर्दा केन्द्र बाट एक तिहाई पनि विद्युत उत्पादन हुन सकेको छैन् । सबै मागका विषयमा उर्जा मन्त्री पुन र कार्यकारी निर्देशक घिसिङ्गले सकारात्मक प्रतिक्रिया जनाएको र समाधानका लागी यथासक्य छिटो पहल गर्ने पनि आश्वासन दिनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>