क्रिकेट

सन्दीप लामिछाने सीपीएल खेल्ने पक्का, कोरियन एयरको चार्टर्ड विमानबाट ट्रिनिडाड जाँदै

Banner

काठमाडौं, साउन १४–

नेपाल युवा क्रिकेट स्टार सन्दीप लामिछाने क्यारेबियन प्रिमीयर लीग (सीपीएल) खेल्ने पक्का भएको छ । ट्रिनिडाड एन्ड टोबागो
जाने विमान टुंगो लागेसंगै सन्दीप सीपीएल खेल्ने पक्का भएको हो ।

सन्दीप विहीबार विहान १० बजे कोरियन एयरको चार्टर्ड फ्लाइटबाट त्यसतर्फ जान लागेका हुन्। उनी शुक्रबार ट्रिनिडाड पुग्नेछन्। सन्दीपका सहयोगी रमन शिवाकोटीले सबैको साथ र सहयोगले सन्दीपको ट्रिनिडाड एन्ड टोबागो जाने यात्रा तय भएकोमा खुशी व्यक्त गरे । यसअघि फ्लाइटका कारण ट्रिनिडाड जान अन्योल देखिएको थियो।

ट्रिनिडाड उड्नका लागि सन्दीपले कोरोना भाइरसको परीक्षण गराएका छन्। सन्दीपले मंगलबार सानेपास्थित स्टार हस्पिटलमा कोरोना परीक्षणका लागि स्वाब दिएका हुन्। परीक्षणको नतिजा बुधबार आउने छ। सिपिएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण पेश गर्नुपर्ने भएकाले सन्दीपले परीक्षण गराएका हुन्।

सीपीएल खेल्नका लागि अबको एक साताभित्र सन्दीप ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ। उता पुगिसकेपछि पनि सन्दीप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>