Breaking News

न्यून चापीय रेखा नेपाल नजिक : वर्षाको मात्रा अझ बढ्ने

Banner

काठमाडौं, साउन १३-

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा सोमबार रातिदेखि वर्षाको मात्रा बढ्दै गएको छ।

सोमबार प्रदेश १ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षासमेत भएको छ। यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ।

आज (मंगलबार) देखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

‘देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।’

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ। महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार धेरै भारी वर्षासमेत हुने सम्भावना छ।

प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>