Breaking News

प्रहरी हेडक्वाटरमै पुग्यो कोरोना, चार जना अधिकारी संक्रमित

Banner

काठमाडौं, साउन ११–

लकडाउन अन्त्य भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो समय समुदायस्तरमै कोरोना संक्रमण देखिन थालेको छ । यसको पछिल्लो उदाहरण प्रहरी हेडक्वाटर हो ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको जानकारी दिएका छन् ।

उनीहरु कुनै पनि संक्रमित व्यक्तिको सम्पर्कमा नपुगेका बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>