Breaking News
सुनको मूल्यमा नयाँ रेकर्डः आइतबार सुनको मूल्य ९६ हजार नाघ्यो
०

काठमाडौं, साउन ११–
नेपालमा पछिल्लो समय दिन दिनै सुनको मूल्यले नयाँ रेकर्ड राख्न थालेको छ ।
आज (आइतबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार तीन सय पुगेको छ ।
शुक्रबार प्रतितोला ९५ हजार ८ सयमा कारोबार भएको सुन पाँच सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























