देश/प्रदेश

पूर्वमन्त्री सुनिल थापासहित ३१ नेताले छाडे राप्रपा, काँग्रेसमा प्रवेश गर्ने तयारी

Banner

काठमाडौं, साउन १०–

नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी स्वरुप पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् ।

आज (शनिबार) पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा पश्चात उनीहरु सबै नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । नेता थापालाई पदाधिकारी दिने तयारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>