देश/प्रदेश

पूर्वमन्त्री सुनिल थापासहित ३१ नेताले छाडे राप्रपा, काँग्रेसमा प्रवेश गर्ने तयारी

०
Banner

काठमाडौं, साउन १०–

नेपाली काँग्रेसमा प्रवेश गर्ने तयारी स्वरुप पूर्वमन्त्री सुनिलबहादुर थापासहित ३१ जनाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन् ।

आज (शनिबार) पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै सुनिल, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित ३१ जनाले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको राजीनामा पत्रमा उल्लेख छ ।

राजीनामा पश्चात उनीहरु सबै नेपाली काँग्रेसमा प्रवेश गर्दैछन् । नेता थापालाई पदाधिकारी दिने तयारी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>