नवलपरासी

नवलपरासीमा उद्धारजन्य सामग्री तयारी अवस्थामा

Banner

नवलपरासी, साउन १०-

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा वर्षाको समयमा बाढीबाट हुन सक्ने सम्भावित क्षति कम गर्न सुरक्षा निकायले चुस्तदुरुस्त व्यवस्थापन गरेका छन् ।

विशेष गरी जिल्लामा वर्षाको समयमा हुन सक्ने बाढीका कारण आवश्यक सम्भावित बाढी प्रभावित क्षेत्रमा सम्भावित उद्धारका लागि आवश्यक तालिमयुक्त सुरक्षाकर्मीसहित आवश्यक उद्धारजन्य सामग्री तयारी अवस्थामा राखिएको हो ।

दुईवटा मोटरबोट सेट, रबर बोट सेट, थु्रब्यागसहित आवश्यक लाइफ ज्याकेट, हेल्मेट, डोरीलगायत अन्य उद्धारजन्य सामग्रीको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

वर्षाको अवस्था र बाढी प्रभावित क्षेत्रमा आवश्यकता आधारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका तालिमयुक्त जनशक्तिलाई आवश्यक पर्ने स्थानमा उद्धारका लागि आवश्यक सामग्रीसहित पठाइने योजनासहित तयारी गरिएको प्रशासन कार्यालयले जनाएको छ । वर्षाको समयमा विशेषगरी जिल्लाको नारायणी नदीको पानीको बहाव बढ्ने भएकाले सुस्ता गाउँपालिकाका अन्य क्षेत्रको तुलनामा बढी जोखिम मानिने गरिन्छ ।

यसबाहेक अन्य नदीनालाका बढ्ने कारण प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाको गाउँबस्तीका केही स्थानसमेत वर्षामा जोखिम हुने गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>