कृषि

नवलपरासीमा १७ लाख बराबरको खसी बोका बरामद

Banner

नवलपरासी, साउन १०-

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले शुक्रबार राति १७ लाख बराबरको खसीबोका बरामद गरेको छ ।

भारतबाट अवैधरुपमा लुकाइछिपाइ नेपाल भित्र्याइएको ८५ वटा खसीबोका सुस्ता गाउँपालिका–५ रतनगञ्ज क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेड क्वार्टरको टोलीले बरामद गरेको हो । बरामद गरिएका सबै खसीबोकालाई आवश्यक कारबाहीका लागि आज महेशपुर भन्सार पठाइएको सशस्त्र प्रहरी उपरीक्षक भरत खतियाले जानकारी दिए । पछिल्लो पटक यस जिल्लामा भारतबाट अवैधरुपमा नेपाल भित्रिने विभिन्न मालसामान सशस्त्र प्रहरीले र नेपाल प्रहरीले टोलीले बरामद गर्दै आएको छ । रासस

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>