Breaking News

आज देशभर थप १०९ जनामा कोरोना संक्रमण पुष्टि

Banner

काठमाडौं, साउन १०-

देशभर पछिल्लो २४ घण्टामा १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा चार हजार ७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेका छन्। योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ५३ पुगेको छ। मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १८ हजार एक सय ८५ रहेको छ। मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १८ हजार चार सय ८३ जना रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>