अर्थ

अन्तर्राष्ट्रिय बजारमै उकालो लागेपछि सुन तोलाको १३ सयले बढ्यो

Banner

काठमाडौं, साउन ९-

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुनको मुल्यमा प्रति तोला १३ सयले बढेको छ ।

लगातार महंगिएको सुन शुक्रबार तोलाको ९५ हजार ८०० पुगेको छ । एकै दिन तोलामा १३ सयले बढेको हो ।

अघिल्लो दिनको भन्दा ५०० रूपैयाँले बढेर बिहीबार तोलाको ९४ हजार ५०० पुगेको थियो । शुक्रबारको मूल्य हालसम्मकै उच्च हो ।

यसअघि एकै दिन १३ सय रूपैयाँले बढेर बुधबार प्रतितोला ९४ हजार पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा लगातार मूल्य बढिरहनुको प्रभाव परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ शुक्रबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ । विहिबार ११४५ प्रतितोला कारोबार भएको चाँदी विहिबार प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>