अन्तर्राष्ट्रिय
अमेरिकाको अलास्कामा ७.८ म्याग्नीच्यूडको भूकम्प
०

वासिङ्टन, साउन ७–
संयुक्तराज्य अमेरिकाको अलास्कालाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्भेका अनुसार उक्त भूकम्प अलास्काको दक्षिणी भेगमा स्थानीय समय अनुसार अपराह्न २.१२ बजे आएको थियो । भूकम्प जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा आएको थियो ।
उक्त भूकम्पका कारण कुनै जनधनकाे क्षति भएकाे बारेमा विवरण प्राप्त भइसकेकाे छैन ।
भूगर्भ केन्द्रले भूकम्पको गएको क्षेत्रको आसपास सुनामीको खतरा रहेको जनाएको छ । भूकम्पको धक्का सयौं माइल टाढासम्म अनुभव गरिएको थियो ।
अलास्का भूकम्पीय जोखिमयुक्त क्षेत्र हो । रासस–सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























