खैरहनी

चितवनमा राप्ती नदीको बाढीले बगाउदा एक जना बेपत्ता

Banner

चितवन, साउन ६–

चितवनमा बाढीले एक जना बेपत्ता भएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका–११ मा राप्ती नदीले एक जनालाई बगाएको हो । अन्दाजी ३०/३१ वर्षीय स्थानीय राजु बोटेलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले अपरान्ह पौन ६ बजेको समयमा राप्तीमा माछा मार्ने क्रममा बाढीले बगाएको जानकारी दिए । स्थानीय र प्रहरी मिलेर बोटेको खोजी भइरहेको प्रवक्ता थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>