Breaking News

नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघ्यो, सतर्क रहन प्रशासनको आग्रह

Banner

चितवन, साउन ५–

नारायणी नदीमा पानीको बहावले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तह पार गरेको हो ।

सो क्षेत्रमा विहान ११ बजेको समयमा पानीको सतह ७.४६ मिटर पुगेको छ । जबकी ७.३ मिटरलाई सतर्कता तह मानिन्छ । पानीको सतह ८ मिटर पार गर्‍यो भने खतराको तह नाघ्ने छ । निरन्तरको वर्षाले नारायणीको बहाव आइतबार रातीदेखि बढ्दै गएको छ । पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर पानीको सतह बढ्दै गएकोले सतर्क रहन नारायण नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>