मकवानपुर

मकवानपुरमा खरको छाना हटाएर जस्तापातासहित २०० घर बन्ने

Banner

हेटौंडा, साउन ४-

नेपाल सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा विपन्न तथा गरिब परिवारका दुई सय घरको छाना जस्तापाताबाट बनाइने भएको छ । सङ्घीय सरकारको सघन शहरी तथा भवन निर्माण योजनाअन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रममार्फत मकवानपुरमा निर्वाचन क्षेत्र नं २ मा खरले छाएको घरलाई पक्की जस्ताको घर बनाइने बताइएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरमा बसेको सुरक्षित नागरिक आवास समन्वय समितिको बैठकले मकवानपुरका चार पालिकामा जस्तापाताको छाना भएको घर बनाइने निर्णय गरेको हो । बैठकबाट प्राप्त भएको जानकारीअनुसार हेटौँडा उपमहानगरपालिका तथा मनहरि, कैलाश र मकवानपुरगढी गाउँपालिकामा ५० का दरले खरको छानोका स्थानमा जस्तापाताका घर बनाइने भएको छ ।

नागरिक सुरक्षित आवास कार्यकमअन्तर्गत आव २०७५÷७६ को स्वीकृत कार्यक्रमानुसार हेटौँडा–१९ मा ४० घरको छानो फेरिएको छ । बाँकी १० घरका छानो तथा अन्य गाउँपालिकाको छनोट गरी बैठकबाट अनुमोदनसमेत भएको छ । बैठकबाट अनुमोदन भएका लाभग्राहीलाई सम्बन्धित पालिकासँग सम्झौता गरी निर्माण अगाडि बढाइने निर्णय भएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिए । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गरीबी निवारणका लागि सुरक्षित आवास आवश्यक रहेको बताउँदै यस कार्यमा सबैलो सहयोग गर्नुपर्नेमा जोड दिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>