Breaking News

देशभर झरी, केही नदीमा बाढीको सम्भावना

Banner

काठमाडौँ,साउन ३ –

देशभर मौसम बदली भई धेरै स्थानमा पानी परेको छ । मनसुनी वायु को प्रभावका कारण बदली तथा वर्षा भएको हो । यस्तै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागबाट केही दक्षिण तिर रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>