समाचार

बनारसमा नेपालीमाथि कपाल मुण्डन गरी दुव्यर्वहार गर्नेविरुद्ध जाहेरी दर्ता

Banner

काठमाडौं, साउन २-

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर भारतको बनारसमा एक नेपालीमाथि दुव्यर्वहार भएको छ ।

प्रहरीले बनारसमा नेपालीको कपाल मुन्डन गर्ने व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेको छ । विश्व हिन्दु सेना संगठनमा आबद्ध अरुण पाठकविरुद्ध जाहेरी दर्ता भएको हो ।

सामाजिक सन्जालमा भाइरल बनेको एक भिडियोमा बनारसमा बसिरहेका एक नेपालीको कपाल मुन्डन गरिएको देखिन्छ भने साथमा एक व्यक्ति बोलिरहेको सुनिन्छ । भिडियोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भगवान श्रीरामका बारे नबोल्न नत्र धेरै नेपालीलाई यसरी कपाल मुन्डन गर्ने चेतावनी दिइरहेको सुनिन्छ ।

घटनाको भिडियो फुटेज विश्व हिन्दु सेना आफैंले सार्वजनिक गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>