समाचार

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतमा नेपालीमाथि ज्यादती, कपाल मुण्डन गरेर ओलीविरुद्ध नारा लगाइयो

Banner

काठमाडौँ, साउन २–

राम जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्ति दिएपछि भारतमा रहेका नेपालीहरुमाथि ज्यादती हुन थालेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको बनारसमा काम गर्न गएका एक नेपालीको भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले जबरजस्ती कपाल मुण्डन गरेर जय श्रीराम लेखेका छन् ।

भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तीको विरोधमा त्यहाँ रहेका नेपालीहरुमाथि ज्यादती गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन् ।

भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाउने राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लाएका छन् ।

सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ ।

हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको सुनिन्छ। त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन्।

भिडियो भाइरल भएपछि हिन्दू सेनाका कार्यकर्तालाई पक्राउ गर्न भारतीय प्रहरी लागि परेकाे आजतकले जनाएकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>