Breaking News
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित विरामीको मृत्यु
०

विराटनगर, साउन २-
नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असार ३० अस्पतालमा भर्ना गरिएको थियो । उनको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























