चितवन विशेष

कांंग्रेस चितवनको कार्यसमितिमा पौडेल मनोनित

Banner

चितवन, असार २८-

नेपाली कांंग्रेस चितवनको जिल्ला कार्यसमितिमा सञ्चारउद्यमी एवम् नेपाली कांंग्रेसका क्रियाशील सदस्य नविनराज पौडेल मनोनित भएका छन् ।

पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आज आमन्त्रित सदस्यमा मनोनित गरेको हो । पौडेल लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आएका थिए । उनले नेपाली कांंग्रेस प्रचार विभाग सदस्यको रुपमा काम गरिसकेका छन् भने लामोसमयदेखि पार्टीको संगठन विस्तारमा संलग्न रहेको कांग्रेस चितवनले जनाएको छ ।  दुईदशकदेखि सञ्चार क्षेत्रमा क्रियाशिल पौडेलले चितवनमा रहेर भरतपुर एफएम, भरतपुर पोष्टलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन् । उनी चितवन नवलपुर प्रसारण मञ्चमा समेत आवद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>